
काठमाडौं । बागमती प्रदशेका मुख्यमन्त्री बहादुरसिंह लामाले रैनाथे कृषिको संरक्षण र बजारीकरणमा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनु भएको छ ।

आज शनिबार राजधानीको दरबारमार्गस्थित ओरेन्ट क्याफेमा आयोजित ,बागमती प्रदेशमा रैथाने कषि ससंरक्षण,प्रवद्धन र बजारीकरण अवसर र चुनौती, विषयक छलफल र हाटबजार अवलोकन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले आजको अवस्थामा यसको संरुक्षण निकै जटिल भएर पनि आफू लागिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले पछिल्ला वर्षहरुमा कृषि गर्न भन्दा बाहिरबाट आयात गरेर खान सजिलो भएको भन्दै कृषिकर्म गर्नेहरु पनि आयातमुखी हुँदै गएकाले रैथाने कृषिबालीहरु हराउँदै गएकाले यसको संरक्षण हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारले रैनाथे कृषिको संरक्षणका लागि आवश्यक ऐन नियन बनाउन तयार रहेको उल्लेख गर्दै त्यसको पालना गर्न सबै तयार नभएसम्म कार्यान्वयनमा ल्याउन कठिन हुने बताउनुभयो ।
मुख्यमन्त्री लामाले भन्नुभयो, सरकारले आवश्यक नियम त बनाउँछ, तर हामी सबै त्यसको पालानामा गएनौं भने त्यो कार्यान्वयन हुनसक्दैन, त्यसैले प्रदेश सरकारले एक्लै यसको संरक्षण गर्न सक्दैन,यसका लागि मी सबै एक जुट हुनुपर्दछ । उहाँले अधिकांश खाद्य बस्तुहरु विभिन्न स्थानमा सेटिड. भएर आयात हुने गरेको भन्दै त्यसको विरोध गरे सरकार छाड्न पर्ने अवस्थासम्म आउने स्मरण गराउँदै सबैको साथ र सहयोग भए आफू बागमती प्रदशेमा रैनाथे कृषिको संरक्षण गर्न तयार हरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री लामाले पछिल्लो समय आम रुपमा अर्गानिक खाद्य वस्तुहरुको खोजी भैरहेको भन्दै त्यसलाई अर्गानिक हो भनेर विश्वास दिलाउनका लागि सरकारले प्रमाणित गर्ने व्यवस्था हुनुपर्ने समेत बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका लामाले सरकारले दिने अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको भन्दै त्यसलाई आफू मुख्यमन्त्री भएपछि प्रदेशमा थप व्यवस्थि त गर्दै लगेको समेत जानकारी गराउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य याड्.किला शेर्पाले कृषकले आफ्नो खेतबारीमा उत्पादन गरेका रैथाने खद्यय वस्तु तथा तरकारी हरुलाई प्रमाणित गर्ने व्यवस्था भए उपभोक्ताहरुमा विश्वास हुने भन्दै सरकारले रैथानी उत्पादनहरुलाई प्रमाणित गरेर स्टीकर लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक रैथानेकृषि बेलाका संयोजक तिलक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुका तर्फबाट बैकुुण्ठ अर्यालले रैथाने कृषिको संरक्षणका लागि प्रदेश सरकारले हरेक महिनामा एक पटक हाट बजारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले सरकराले कृषकका लागि गरेको राहत सहयोग तथा अन्य विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा डेरी एसोसिएशनका अध्यक्ष प्रल्हद दाहालले बागमती प्रदेशमा अझै पनि दुधमा आत्मर्निभर हुन नसकेको भन्दै सरकारले यसतर्फ पनि ध्यानदिनुपर्नेमा जोड दिनुभयो । ओरेन्ट क्याफेका सञ्चालक उद्धव ढकालले स्वागत मन्तव्य राख्नु गर्नुभएको कार्यक्रममा कृषि पेशा सम्बन्धि विज्ञ तथा रैनाथे कृषिमा आवद्ध किसानहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
राजधानीको दरबरमार्गमा रहेको उक्त क्याफेमा काठमाडौं, नुवाकोट, काभ्रे,धादिड. लगायतका जिल्लाहरुमाट उत्पादित रुेनाथृ कृषि सम्बन्धि उत्पादनहरु प्रर्दशन तथा बिक्री हुँदै आएको छ । उक्त मेलामा विभिन्न प्रकारका कृषि उत्पादनहरु बिक्रीका लागि राख्ने गरिएको छ । सो अवसरमा किसानहरुले बिक्रीका लागि राखेका कृषि उत्पादनहरुको अवलोकन समेत गर्नुभएको थियो ।