
काठमाडौं । कोरियाबाट फर्केर आफ्नै जन्मथलोमा कृषिकर्ममा रमाउँदै आएका नुवाकोट चौघडाका रामचन्द्र अगस्थीले उत्पादन गरेको कुभिण्डोमा शनिबार राजधानीको दरमार्गमा भएको रैनाथे कृषि मेलामा उपभोक्ताहरुको भीड लागेको थियो ।
हरेक शनिबार दरबारमार्गस्थित ओरेन्ट क्याफेमा बिहान सञ्चालन हुने रैनाथे कृषि मेलामा उनले नुवाकोटबाट बिक्री तथा प्रर्वद्धनका लागि २० ओटा कुभिण्डो ल्याएका थिए ।

भदौं ८ गते आयोजित (आज बिहान) उक्त मेलामा उनले राखेको कुभिण्डोप्रति धेरैको आँखा लागेको देखिन्थ्यो । राजधानीमा कमैमात्रै बिक्रीका लागि पाइने कुभिण्डो उनले राखेको २ घण्टामा नै बिक्री भएको थियो । प्रतिकिलो १ सय रुपयाँमा २० ओटा कुभिण्डो बेचेको उनले बताए २० ओटा कुभिण्डो झण्डै सय किलो भएको र आफूले बिहान २ घण्टामा १० हजार मुल्य बराबरको कुभिण्डो बेचेको रामचन्द्रले बताए । उनले कुभिण्डो खाँदा हुने फाइदाका विषयमा ब्रोसर नै तयार रहेर उपभोक्ताहरुलाई देखाउँदै आफ्नो उत्पादन बिक्री गरिरहेका थिए . ।
चिकित्सकहरुका अनुसार कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो समय यसको जुस पनि सेवन गर्न थालिएको छ । कुभिण्डोको जुसको सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

आयुर्वेदमा औषधिको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । शरीरलाई शुद्धीकरण गर्नेदेखि यसका अनेक फाइदा छन् । कुभिण्डोको तरकारी र जुस दुवै स्वास्थ्यका लागि फाइदाजनक छ । यसको फाइदा लिन यसलाई कसरी र कुन समयमा खाने भन्नेबारे जान्न आवश्यक छ ।
सामान्य रुपमा रोपेर छाडेपछि उत्पादन हुने कुभिण्डोबाट उनले गरेको आम्दानी निकै राम्रो रहेको र गर्न जान्ने र सक्नेलाई कृषिकर्मबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ । २०१७ मा ३ वर्ष कोरिया बसेर फर्केका रामचन्द्रले सिजन अनुसारको खेती गर्दै आएका छन् । उनले खेतीबाट नै वार्षिक रुपमा ३ देखि ५ लाख सम्म कमाउने गरेको बताए ।

उनले बिक्रीका लागि राखेको स्टलमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि अबलोकन गरेका थिए । मुख्यमन्त्री लामाले सो अवसरमा आफू यस्ता रैनाथे कृषि उत्पादनको संरक्षणमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
उक्त मेला काठमाडौं, नुवाकोट, काभ्रे,धादिड. लगायतका जिल्लाहरुमाट उत्पादित रुेनाथे कृषि सम्बन्धि उत्पादनहरु प्रर्दशन तथा बिक्री हुँदै आएको छ । मेलामा विभिन्न प्रकारका कृषि उत्पादनहरु बिक्रीका लागि राख्ने गरिएको छ । मेलामा राजधानीका सम्भ्रान्त परिवारहरु समेत अग्रानिक उत्पादन भन्दै किन्न पुग्ने गरेका छन् ।

ओरैन्ट क्याफेको संयोजनमा नै रहेक शनिबार उक्त रैनाथे कृषि मेला आयोजना गरिएको क्याफेका सञ्चालक उद्धव ढकालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । मेलामा ३० देखि ४० वटा स्टल रहेने गरेका छन् ।