Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा निर्माण सम्पन्न भएको केन्द्रीय कारागारको गृहमन्त्री लेखकद्धारा उद्घाटन

नुवाकोट पुकार १५ भाद्र २०८१, शनिबार १५:५४

विदुर । नुवाकोटमा निर्माण सम्पन्न भएको केन्द्रीय कारागार भवनको उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमकाबीच केन्द्रीय कारागार भवनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री लेखकले सरकारले कारागारलाई आगमी दिनमा थप व्यवस्थित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,सरकार सकेसम्म कारागारको आवश्यकता नहोस् भन्ने चाहान्छ्,तर आवश्यक भएको ठाउँमा व्यवस्थित रुपमा सञ्चालन गर्दछ ।

कार्यक्रमा बागतमी प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री हितबहादुर तामाड.कांग्रेस सांसद,सिता मिजार,राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा ,बागमती प्रदेशका सामाजिक विकास मन्त्री मधु श्रेष्ठ,कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विदुर नगरपालिका खम्पा क्याम्पमा निर्माण सम्पन्न केन्द्रीय कारागारका लागि ५३९ रोपनी क्षेत्रफलमा केन्द्रीय कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण भएको बताइएको छ । बन्दीगृह, वर्कशप, डाइनिङ, बाथरूम, अस्पताल, विद्यालय लगायतका लागि २५ वटा भवनहरू रहेका छन् भने सुरक्षा निकायका लागि ४ वटा र कार्यालयको १ वटा समेत गरी जम्मा ३० वटा भवन रहेका छन् ।

सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारबाट १ सय ५० जना कैदीलाई नुवाकोटमा निमाण गरिएको केन्द्रीय कारागारमा स्थानान्तरण गरेको छ । खासगरी हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो ।

Continue Reading

Previous: भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो
Next: डिजेल पेट्रोलको मूल्य घट्यो

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार