Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रपति पौडेलसँग प्रमुख निर्वाचन आयुक्तहरुको शिष्टाचार भेट

नुवाकोट पुकार २० भाद्र २०८१, बिहीबार १३:३५ 1 min read

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको भेट गरेका छन्।

आज भदौ २० मा भएको शिष्टाचार भेट भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त ,दासो सोनाम तोग्बे, भुटान, निर्वाचन आयोगका अध्यक्ष ,फुवाड थौफिक, माल्दिभ्स, निर्वाचन आयोगका अध्यक्ष आर. एम्. ए. एल्. रथ्‍नायेके, श्रीलंका, निर्वाचन आयोगका उपनिर्वाचन आयुक्त नितेश व्यास, भारत र उच्च अधिकारीहरुको सहभागिता रहेको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भेटघाटको क्रममा राष्ट्रपतिले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकोले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन आवश्यक रहेको बताउनु भएको थियो । उहाँले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च ९ँभ्ःद्ययक्ब्० मार्फत सदस्य राष्ट्रहरुका निर्वाचन गर्ने निकायहरुबीच आपसी सहयोग विस्तार हुँदै गएकोमा प्रसन्नता व्यक्त गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो अवसरमा नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा (FEMBoSA)को १२औं सम्मेलनमा छलफल भएका विषयहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै यस सम्मेलनबाट नेपालले उक्त मञ्चको अध्यक्षता ग्रहण गरेको विषय जानकारी गराउनु भयो। यसैगरी भुटानका प्रमुख निर्वाचन आयुक्त, माल्दिभ्सका निर्वाचन आयोग अध्यक्ष, श्रीलंकाका निर्वाचन आयोग अध्यक्ष र भारतका निर्वाचन आयोगका उपनिर्वाचन आयुक्तले आ(आफ्नो मन्तव्य राख्दै यस सम्मेलन उपलब्धिमूलक भएको बताउनु भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Continue Reading

Previous: प्रचण्डको अभिव्यक्ति अलोकतान्त्रिक 
Next: डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३ औं वार्षिकोत्सव सम्पन्न :शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउनु आजको आवश्यक्ताः शिक्षा मन्त्री भट्टराई

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार