
काठमाडौँ । नेपाली कांग्रेसले कीर्तिमानी पदकधारी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । कांग्रेसले पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कीर्तिमानी कास्यपदक जित्न सफल पलेशा, प्रशिक्षक कविराज नेगी लामा र सहभागी भरत महतालाई सम्मान गरेका हो ।
कांग्रेसले पलेशालाई ५ लाख र कविराजलाई १ लाख ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ । कांग्रेसले आज एक विशेष कार्यक्तमकासाथ सम्मान गरेको हो । कांग्रेस खेलकुद विभागको आयोजानमा भएको कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्मान गर्नुभएको थियो । सो अवसरमा विभाग प्रमुख मोहन बहादुर बस्नेतसहितका नेताहरुको उपस्थिति रहेको थियो ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।