Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सदस्यता सार्वजनिक नभएपछि महासंघ अध्यक्षले दिए राजीनामा

नुवाकोट पुकार २४ भाद्र २०८१, सोमबार १७:४९

विदुर । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि असोज ५ गते निर्वाचन गर्ने भनिएपनि सदस्यता विवाद समाधान नहूँदा फेरि स्थगित हुने सम्भावना बढेको छ । सदस्यता विवादका विषयमा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा सहमति नजुटेपछि महाधिवेशनको सम्भावना टर्दै गएको हो ।

आइतबारको बैठकले सदस्यता विवाद समाधान गर्ने र अन्तिम नामाबली सार्वजनिक गर्ने भनिएको थियो । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखे पनि विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले दवाव दिएपछि बैठक विना निश्कर्ष टुंगिएको थियो । नामवली सार्वजनिक गर्न नसकेपछि असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने भन्दै अध्यक्ष पोखरेलले राजीनामा दिएका छन् ।

अध्यक्ष पोखरेलले उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । अध्यक्षको राजीनामा भने कार्यसमितिले स्वीकृत गरेको छैन । कार्यसमितिले भने राजीनामा फिर्ता गराएर सहमतिका आधारमा असोज ५ ते नै अधिवेशनको तयारी गरिरहेको कार्यसमितिका एक सदस्यले नुवाकोट पुकारलाई बताए। महासंघले हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको थियो । ‘‘सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह पनि गर्छु’, अध्यक्ष पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको थियो ।

महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ । सो अनुसार सबै तहको निर्वाचन एकै पटक गर्ने महासंघको तयारी रहेको छ । सदस्या शुद्धिकरणका नाममा बारम्बारको विवादले गर्दा पत्रकारहरुको संस्था आफै विवादित बन्दै गएको छ ।

Continue Reading

Previous: यसपालि सभापतिमै चुनाव लड्नुपर्ला ः शशांक कोइराला
Next: नागढुंगा सुरुङमार्गनजिक पहिरो जाँदा सडक अवरुद्ध

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार