Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

जननायक कोइरालाको सम्झनामा

नुवाकोट पुकार २६ भाद्र २०८१, बुधबार १०:१४

शुकदेव दाहाल

नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय बीपी कोइराला हाम्रा बीच हुनुहुन्न । तर उहाँले नेपाल र नेपाली जनताका लागि पुर्याउनु भएको योगदान हाम्रा लागि सँधै उत्तिकै प्रेरणादायी बनिरहेका छन् । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको भदौं २४ गते अर्थात सोमबार १११औँ जन्मजयन्ती परेको छ । कोइरालाको १११ औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमनकासाथ श्रद्धाञ्जली अर्पण गर्दछु ।


हामीले आज जुन रुपमा लेख्न र बोल्नकासाथ प्रजातन्त्रको उद्भत उपयोग गर्न पाएका छौं, त्यो उहाँजस्तै नेताहरुको कठोर संघर्षका कारण नै सम्भव भएको हो । नेपालमा १०३ वर्षे जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवारप्रति राणाहरुको कु दृष्टि परेको थियो । जसले गर्दा अन्त्यमा उनीहरु आफै नेपालको राजकीय सत्ताबाट कहिल्यै नफकर्ने गरि लागि बिदा हुन पुगे । बुबा कृष्णप्रसाद कोइरालाले सुरु गर्नुभएको राणा विरोधी अभियानलाई बीपी कोइरालाले पनि निरन्तरता दिनुभयो ।

आफ्नो कलिलो उमेरमा भारत निर्वासनमा रहँदा देखि नै उहाँ भारतको स्वतन्त्रता आन्दोलनकासाथ नेपालमा प्रजातन्त्र स्थापनाका लागि लागि पर्नु भएको थियो । २००३ मा उहाँको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल हुन पुग्यो । जसको जस वीपी कोइरालाई जान्छ । क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो ।

२०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गर्नुभयो ।

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । यसरी आफ्नो जीवनका सम्पूर्ण कालखण्ड नेपाली जनताप्रति समर्पित गर्नुभएका कोइरालाको तयहि समाजवादी चिन्तन आजका दिनमा पनि उत्तिकै लोकिप्रय छ । मुख्यत नेपाली कांग्रेसले उहाँको विचार र शिद्धान्तलाई आजसम्म पनि आत्मसाथ गरिरहेको छ । कतिपय अवस्थामा नेपाली जनताको चाहाना, मुलुकको बदलिदो परिस्थितिकाबीच पनि कांग्रेस आज पनि बीपीको बाटोमा अग्रसर छ । देश र जनताप्रति भविष्यको समेत आँकलन गरेर बीपीले जुन विचार र शिद्धान्त प्रतिपादन गर्नुभयो त्यो साच्चिकै नेपाल र नेपालीका लागि एक महत्वपूर्ण वरदान नै सावित भएको छ । भलै आज अन्य बामपन्थी दलहरुले आफ्ना प्रकारका नीतिहरु ल्याएका छन् तर पनि उहाँको विचारलाई असफल बनाउन सकेका छैनन् । आज उहाँको विचारका कारण नै लोकतन्त्र स्थापना भएको छ । लोकतन्त्रमार्फत देशलाई समृद्धिको यात्रामा अग्रसर गराउनका लागि दलहरु लागिपरिरहेका छन् ।

तर उनीहरुले अझै सहि गन्तव्य पहिल्याउन नसकेका कारण नै लोकतन्त्रप्रति आम जनताको आशा र भरोसा क्रमश ः सेलाउँदै गएको छ । राजनीतिक तहमा बढ्दो भ्रष्टाचारर बेथितिका कारण सिंगो मुलुकले राजनीतिक अधिकार प्राप्त गरे पनि अािर्थक विकास हुन सकेको छैन । यो अवस्थामा हामीले वीपी कोइरालाको जन्म जयन्ती मनाइरहेका छौं । अब सबै दलले बीपीको जस्तै अग्रगामी र दिर्घकालिन सोचकासाथ देशलाई नेतृत्व दिन सक्नुपर्दछ । तबमात्रै वीपीप्रति सच्चा सम्मान हुनेछ भने हामीले वास्तविक रुपमा लोकतन्त्रको उपभोग गर्न सक्छौं । जननायक स्वर्गाीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन ।

Continue Reading

Previous: आफ्नै सामथ्र्यको दल बनाउने प्रयास (सम्पादकीय)
Next: आज पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको स्मृतिसभा

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८
बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

२४ असार २०८२, मंगलवार ११:४७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार