
विदुर । नेपाली कांग्रेसका युवा नेता तथा युवा खेलाडी दिपक लामा बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नियुक्त हुनुभएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले लामालाई सदस्यसचिवमा नियुक्त गरिएको प्रदेश हो ।
खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रस्तावमा प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लामालाई सदस्यसचिवमा नियुक्त गरेको हो । नुवाकोट बेलकोटगढी ७ रातमाटेका लामा लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ ।
नेपाल उसु महासंघका उपाध्यक्ष तथा दक्षिण एशियाली उसु महासंघका कोषाध्यक्ष समेत रहनु भएका लामाको बागमती प्रदेशमा नियुक्तिले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने खेलप्रेमीहरुको विश्वास रहेको छ
यस्तै उहाँ बिपी कोइराला खेलकुद प्रतिष्ठान केन्द्रीय अध्यक्ष ,उसुका अन्तराष्ट्रिय प्रशिक्षक एबम निर्णायक,नेपाल नेटबल संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।। लामा नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ।