Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माओवादी घटकलाई एकतामा आउन माओवादी अध्यक्ष दाहालको आह्रवान

नुवाकोट पुकार ५ आश्विन २०८१, शनिबार १६:२७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी घटकहरुलाई एकताको प्रक्रियामा आउन आह्वान गर्नुभएको छ । सहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले ढिलो नगरी माओवादी शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको हो ।

दाहालले यसअघि पनि माओवादी पार्टीहरुलाई एकतामा आउन जोड दिँदै आउनु भएको छ । तर सत्तामा रहँदा भने साही शक्तिहरुलाई त्यति चासो दिएको दैखिदैन । “ढिलो नगरी हामी सबै एकताबद्ध होऔँ, हामीले सबै मोर्चा जित्न सक्छौ ।” “सबै माओवादी एक ठाउँमा केन्द्रित भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाउँमा आउनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले आफूले सरकारमा रहँदा जनयुद्धका सहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेखपनि उल्लेख गर्नुभयो ।

“हाम्रा हजारौँ सहिद नै हाम्रा शक्ति हुन्, उनीहरूको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबुत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाउँमा केन्द्रीकृत होऔँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्मा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताउनुभयो । आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाब दिनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उहाँको कथन छ । संघीय संसद्मा आफ्नो पार्टीको सिट सङ्ख्या कम भएको भनेर हिनाताबोध नगर्न र कमजोर महशुस नगर्न अध्यक्ष दाहालले सबैलाई आग्रह गर्नुभयो ।

उहाँले प्रतिष्ठान मातहत हाल देशभर पाँच विद्यालय सञ्चालनमा रहेको र त्यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले प्रतिष्ठान मातहतमा रहेर कृषि, उद्योग तथा अन्य उत्पादनमूलक काम गर्नेतर्फ पनि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

माओवादी घटकबिचको साझा संस्थाका रुपमा रहेको प्रतिष्ठानलाई थप विस्तार गरेर जनताको पक्षमा काम गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष दाहालको जोड थियो । कार्यक्रममा नेकपाका नेता एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले सहिदको सपना साकार पार्न इमान्दार प्रयासको जरुरी रहेको बताउनुभयो ।

Continue Reading

Previous: घटस्थापना अगाडि सडक मर्मत गरिसक्न सरकारले दियो सडक विभागलाई निर्देशन
Next: वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ ः सभापति देउवा

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार