
विदुर। पाँच दलीय गठबन्धनले कसले कुन निर्वाचन क्षेत्र लिने भन्ने विषयमा सामान्य खाका तयार पारिसकेको छ । विगतको निर्वाचनको समक्षिा गर्दै गठबन्धनले २०७४ सालको निर्वाचनको परिणामलाई आधार मानेर गठबन्धन दलबीच भागबण्डा गर्ने तयारी छ । तर नुवाकोट जिल्लामा क्षेत्र नं १ मा बजयी भएको माओवादीलाई सो क्षेत्र छाडेर ३ वटा प्रदेश लिनका लागि कांग्रेसले दवाव दिएको बुझिएको छ ।
नेपाली कांग्रेसका दुई बलिया हस्ती डा. प्रकाशशरण महत र अर्जुननरसिंह केसीको व्यवस्थापनका लागि कांग्रेसले सो प्रस्ताव गरेको स्रोतले बताएको छ । दुईक्षेत्र मध्ये केसी विगतमा निर्वाचन लडेको क्षेत्र नं २ र डा. महत आफ्ना सहोदर दाजू रामशरण महत लडेको क्षेत्र न. १ बाट निर्वाचन लड्ने मनसाय राखेपछि कांग्रेसले सो प्रस्ताव गरेको छ । तर कतिपयले डा. महत लड्ने आफ्नो आसय व्यक्त गरेकै भोलिपल्ट डा. रामशरण महतको फोटो राखेर उहाको विकल्प छैन भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसको नकारात्मक प्रतिक्रियाको बाढी नै लागेको थियो ।
डा. महत आफु निर्वान नलड्ने र सो क्षेत्र आफ्ना सहोदर भाईका लागि छाड्ने मनस्थितिमा रहेपनि कतिपयले दाजू महतलाई नै अघि सारेपछि नुवाकोट कांग्रेस फेरि दुर्घटनामा जानसक्ने आँकलन सुरु भएको छ । त्यसो त अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि डा. महत निर्वाचन नलडेको पक्षमा आफु पनि समानुपातिकमा बस्ने र भाई जगदीश्वरनरसिंह केसी वा केदार नरसिंह केसीलाई निर्वाचन लडाउने तयारीमा रहेको उहा निटकाहरुले बताएका छन् ।
महत र केसीबीचको लडाईका कारण दुई पटक केन्द्रीय सदस्य भएका बहादुरसिंह लामाले पनि स्थान पाउने सम्भावना निकै कम देखिएको छ । तर लामालाई सहमतिकासाथ समानुपातिकमा राख्ने विषयमा महत र केसी दुवै पक्ष सकारात्मक हुने हुनाले यस पटक पनि सिंहको राजनीति जोगिने देखिएको छ । नुवाकोटको राजनीतिमा लामै संघर्ष गरेका धुव्र अधिकारीले भने यस पटक प्रदेशको टिकट आफुलाई चाहिने भन्दै लविड. गरिररहनु भएको बुझिन्छ ।


अधिकारीलाई मेयर बनाउने वाचा गरेका नेताहरुले एकाएक विदुर नगरपालिकाको टिकट युवा नेता राजन श्रेष्ठलाई थमाएपछि अधिकारीको अबको माग प्रदेशमा पुगेको छ । यस्तै महेन्द्र थिड., रमेश महत पनि गठबन्धनकाबीच प्रदेशको दावेदारका रुपमा उभिनु भएको छ ।
यो त कांग्रेसको कुरा भयो , तर माओवादीले भने केन्द्रले बनाएको अवधारण अनुसार आफुहरुले एक क्षेत्र र दुई प्रदेश नछाड्ने अरु कांग्रेसले नमाने एमालेसँग तालमेल गर्नेसम्मको रणनीतिमा लागेको बुझिन्छ । माओवादीले क्षेत्र नं १ मा संघीय र १ को क मा प्रदेश जितेको छ भने क्षेत्र नं २ को ख प्रदेशमा जितेको छ । माओवादीले ति तीनै ठाउँमा आफ्नो दावी नछाडेको माओवादीको उच्च स्रोतले बताएको छ । माओवादी पछि नहटेको खण्डमा कांग्रेसले कसरी व्यवस्थापन गर्छ त्यो भने अन्योलमा नै रहेको छ ।