
बेलकोटगढी । नुवाकोट जिल्लाको दोस्रो नगरपालिका बेलकोटगढी नगरपालिकाको विकासका लागि कोरियन कम्पनीले सहयोग गर्ने भएको छ । कोरियन कम्पनीले कृषिमा आधुनिकीकरण, यान्त्रिकरणलगायत विषयमा (ग्रिनल्याब्स) सँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार नगरप्रमुख जगतबहादुर लामा र कोरियन कम्पनीका प्रतिनिधिले एक कार्यक्रमबीच हस्ताक्षर गरी समझदारी पत्र (एमओयू) आदानप्रदान गर्नुभएको बेलटकोटगढी नगरपालिकाले जनाएको छ । दुई पक्षबीच भएको सम्झौतापत्र बेलकोटगढी नगरको कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, आलुको बीउ उत्पादन गरी उत्पादन उपभोग, प्रशोधनसहित बजारीकरणको ग्यारेन्टी ग्रिनल्याब्स कम्पनीले गर्ने उल्लेख छ ।
कृषकलाई आधुनिक रुपमा आत्मनिर्भर बनाउनुका साथै कृषकहरूको सामाजिक सुरक्षा, युवाहरूलाई रोजगारीसँग जोड्ने लगायतका विषय समेत उल्लेख गरी समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीले बेलकोटगढीको कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाले विश्वास लिएको नगरप्रमुखले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।