
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।
गैह्रआवासीय नेपाली दिवस र गैह्रआवासीय नेपाल संघ–एआरएनको वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरणको प्रयोग बढ्दो भएकाले सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट गैह्रआवासीय नेपाली संघलाई कुनै हस्तक्षेप नहुने र सकेको सहयोग गर्ने भन्दै स्वतन्त्ररुपमा काम गर्न आग्रह समेत गर्नुभयो ।
गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याँइ नगर्ने पनि स्पष्ट पार्नुभयो
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताउनु भएको छ । कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनु भएको हो ।
नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ, उहाँले भन्नुभयो, गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।
गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताउनु भयो । ूत्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ, उहाँले भन्नुभयो ।