
मुकुन्दराज दाहाल
एक हप्ता पछी नोभेम्वर ५ मा हुनगईरहेको अमेरिकी राष्ट्रपती चुनाव मा कडा प्रतिस्पर्धा हुने देखिन्छ। अमेरिकाको राष्ट्रपती को निर्वाचन अप्रतक्ष्य चुनाव प्रणाली हो जसको विजेता इलेक्ट्रोलर कलेज वाट निर्धारण हुन्छ।
५३८ संख्याको ईलेक्ट्रोलर कलेजामा (४३५ तल्लो सदन कंग्रेस र हरेक ५० राज्यवाट २ जनाले चुनिने १०० सिनेटर को संख्या र राजधानी वाशिड.टन डि सी को ३ वटा ईलेक्टोरल संख्या को जोड नै ईलेक्ट्रोलर कलेज हो ) २७० संख्या जसले प्राप्त गर्दछ उ नै राष्ट्रपती निर्वाचित हुन्छ। हुनत जनताले प्रतक्ष्य रूपमा राष्ट्रपती लाई मतदान गर्ने नै हुन् । तर त्यो मत जसलाई पपुलर भोट भनिन्छ त्यसको प्रतक्ष्य प्रभाव हुंदैन। ईलेक्ट्रोलर कलेज जित्न राज्य, राज्य मा जित्नु पर्छ र एउटा राज्य (स्टेट) मा १ भोट मात्रै वढी पाउने उमेद्वारले (नेव्रास्का र मैन राज्य वाहेक) सवै ईलेक्ट्रोलर संख्या उसले जितेको मानिन्छ ।
उदाहरणको लागी पेन्सिलभानिया राज्यमा १९ ईलेक्ट्रोलर सिट छ र मतदाता करिव ९२ लाख छन् त्यस मध्ये मानौं ७० प्रतिसत ले भोट हाले भने ६४ लाख ४० हजार ले भोट गर्छन् त्यसको ५० प्रतिशत ३२ लाख २० हजार हुन्छ र एउटा उमेद्वार ले ३२ लाख २० हजार १ भोट पायो । मतलव अर्को उमेद्वार भन्दा १ भोट मात्रै वढी पायो भने पनि १९ वटै ईलेक्ट्रोरल भोट १ भोट वढी पाउने को पक्ष्यमा गणना हुन्छ ।
यी माथीको चुनावी पद्धती को विषय भयो अव कुरा गरौं अहिले देखिएको प्रतिश्पर्धा को। अमेरिकामा ५० राज्य मध्ये मा धेरै यस्ता स्टेट (राज्य) छन् जसमा संधै केहीमा डेमोक्र्याटिक पार्टीले नै धेरै भोट पाईरहन्छ र केहीमा रिपव्लिकन पार्टी ले नै धेरै भोट पाईरहन्छ । त्यसैले ति राज्यलाई सिम्वोलिक रूपमा व्लू स्टेट र रेड स्टेट भनिन्छ । अहिलेको निर्वाचनमा व्लू स्टेट मा दरिएका राज्य वाट जुन डेमोक्र्याटिक पार्टी ले जित्छ नै २२६ ईलेक्ट्रोरल सिट छ भने रेड स्टेट कहलिएका रिपव्लिकन ले जित्ने राज्य को २१९ ईलेक्ट्रोरल सिट छ। ५३८ मध्ये दुई पार्टी ले कन्फर्म जित्ने माथिका ४४५ (२२६+२१९) घटाउं त ९३ सिट वांकी रहन्छ हो त्यही ९३ सिट र निम्न ७ राज्य जसलाई swing स्टेट भनिन्छ यिनै ७ राज्यको वारेमा अमेरिकी चुनाव को चर्चा चलिरहेको छ र यिनै राज्यमा नै अमेरिकी चुनाव घुमिरहेको छ।
१ पेन्सिलभानिया १९ ईलेक्ट्रोरल सिट
२ मिचिगन १५ ,,
३ विस्कन्सिन १० ,,
४ नर्थ क्यारोलिना १६ ,,
५ जर्जिया १६ ,,
६ नेभाडा ६ ,,
७ एरिजोना ११ ,,
जम्मा ९३
यि उल्लेखित राज्यहरूमा कसको पल्ला भारी भनेर सयौं मेडिया र एजेन्सी हरूले दिनहुं सर्भे र फोरकाष्ट गरिरहेका छन् । डेमोक्रेटिक पार्टी प्रती झुकाव राख्ने मेडिया र एजेन्सी हरूले कमलाले जित्ने प्रक्षेपण गरेका छन् भने रिपव्लिकन प्रती झुकाव राख्ने ले ट्रम्प को पक्ष वलियो देखिने तर्क गरेका देखिन्छ। केही न्यूयोर्क टाईम्स, वाल स्ट्रिट जर्नल, वाशिड.टन पोष्ट, लसएन्जलस टाईम्स जस्ता र लगयतका मेडिया र एजेन्सी हरू ले वास्तविकता को नजिक रहेर प्रक्षेपण गरिरहेको जस्तो पनि देखिन्छ ।
अहिले अमेरिकामा अर्ली ईलेक्सन र मतपत्र घरमै मगाएर भोट गर्ने प्रकृया शुरू भैसकेको र लगभग ३ करोड मानिसले भोट खसालिसकेको छ र फोरकाष्टिड. एजेन्सी हरूले साना साना क्लष्टरमा मतदाता र भोट खसाली सकेका हरू लाई समेत समेटी हिजो आज गरेका प्रक्षेपण लाई केही एजेन्सी हरूले कम्पोजिट रूपमा एनालाईसिस गर्दै गरिएको प्रक्षेपण लाई हेर्ने हो भने माथी उल्लेखित ७ वटा राज्य मध्यो पेन्सिलभानिया मा .३ प्रतिशत, मिचिगनमा १.१ प्रतिशत र विस्कन्सिनमा .४ प्रतिशतले डेमोक्र्याटिक पार्टी की कमला ह्यारीस अगाडी देखिन्छीन् जुन ३ राज्यमा ४४ इलेक्ट्रोलर सिट छ जसले २७० ठ्याक्कै ( माथि पहिलै भनिएको २२६ प्लस ४४) इलेक्ट्रोरल सिट कमला ह्यारिस लाई प्राप्त हुने देखिन्छ। यदी आजको दिन मा विविध मेडियाले देखाए जस्तै पेन्सिलभानिया राज्य कमला ह्यारिसले जितिन् भने उनी अमेरीकी प्रथम महिला राष्ट्रपती वन्ने छिन् । शुभेच्छा सहित शुभकामना कमला ह्यारिस (लेखक दाहाल लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । उहाँ अमेरिकामा नै विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ )