
रामहरि बाजे, विदुर नगरपालिका वडा नं ९ नुवाकोट
हाम्रो देश परापूर्व कालदेखि नै स्वाधिन रहेको र नया“ नेपाल प्रजातान्त्रिक भईसके पछि र राजधानी देखि दुर्गम सम्मका जनता सचेत भईसकेको बेलामा सुरक्षाको चिन्ता गर्नै पर्दैनथ्यो । त्यस माथि पनि हाम्रो परम्परागत शास्त्रीय नीति अनुसार (वशु दैव कुटुम्बकम्) भन्ने मुल मन्त्रमा विश्वास गर्ने देशले आफुलाई असुरक्षाको कल्पना गर्दा पनि पाप लाग्छ ।
आफुलाई असुरक्षित त्यस्ता व्यक्तिहरुले सम्झन्छन् जसले कुबाटो तर्फ पाइला चालेको होला । जो बिराउ“छ त्यो डराउ“छ, उदाहरणको लागि हाम्रा श्रद्धेय योगी श्री नरहरिनाथ जी राज सभाका सम्मानित सदस्य हुनुभएको बेला पनि सरकारी गार्ड सुरक्षा लिनु भएन, दुई जना जोगीको साथमा घुम्दा धेरै पटक नुवाकोट आउनु भयो पैदल हिडेरै । त्यही दर्जा पाएका सम्मानितहरु सुरक्षा घेरामै घुम्थे । जो विराउ“दैन त्यो डराउ“दैन, उता सयौं गिरिजा एक भिर्जा भन्ने तीन तह सुरक्षा घेरामा बस्ने भिर्जादिल साथ वेग पनि गोलिका सिकार भएका थिए ।
सोझो बाटो हिडे का“डाले पनि कोर्दैन भन्ने बुढापाका उखानमा सबैले विश्वास गरे भैहाल्छ । उता राज्यहरुकै कुरा गरु“न, हामी जस्तै भूपरिवेष्ठित राज्य स्वीजरल्याण्डले क्षेप्यास्त्र मिसाइल त के राख्नु आर्मि पनि राख्दैन खैत आजसम्म त्यति ठूला शक्ति राष्ट्रका बिचमा रहेर मजाले आनन्द साथ निदाउन र विकासमा सफल भइरहेको छ । यता हामी पनि असंलग्न परराष्ट्र नीति लिएर विश्व भरिका देशलाई मित्र सम्झने स्वावलम्बी देशले राष्ट्रिय सैनिकलाई धमाधम विकास निर्माणमा लगाइसकेका बेलामा, हाम्रो ठूलो मित्र राष्ट्र अमेरिकी नेताले नेपालमा आएर सुरक्षा सहयोग गर्ने आशय व्यक्त गर्नुको भित्री आशय के होला ? हामी जस्ता ड्राइभर खलासीले पनि सोच्ने बेला आएन र ? त्यसको मतलब यु.एस. प्रति शंका गरेको होइन । हाम्रो नीति र आवश्यकता के हो ? त्यसमा उहाँहरुको सहयोग अति अवश्यक छ ।
हाम्रँ गौरवपूर्ण नेपाली सेनाले ठूला ठूला योजना निर्माण गरिरहेको बेला सुरक्षा सामाग्रीको सट्टामा पहाडका चट्टानमा सुरुङ खोल्ने आधुनिक मेसिन, औजार प्रदान गरेर नेपाली जनता र अति विपन्नहरु बसेका दुर्गम क्षेत्रसम्म राजधानीको सुगमता उपलब्ध गराउनेतिर हाम्रो नेता र मित्र राष्ट्रहरुको पनि ध्यान जाओस । यो हली गोठालाको माग मात्र होइन सिंगो देशकै आवहान हुनु जरुरी छ । राजनीतिको द्वन्द्वले आ–आफ्ना पार्टीका झोला बोक्नेहरु मात्र सुरक्षित हुने नत्र खतराको घण्टी बजाउने चलन ल्याउनेहरु सबैले पुनः विचार गरेर सिंगै देशवासीले अब एकै मन्चमा बसेरै पार्टी भन्दा राष्ट्रको चिन्ता गर्नैपर्छ । होइन भने यो देशले पनि दुर्गती भोग्ने दिन अति नजिक आउन बेर छैन ।
देश विदेश जहा“ भए पनि चिन्ता गरेर सबैले अमुक, अमुक झोला विसाएर खाँटी नेपाली मात्र बन्नै पर्छ । आजको मुल मुद्दा राष्ट्रिय स्वावलम्वन हो । श्री ५ महेन्द्रबाट वेल्ग्रेड सम्मेलनमा बोलेको असंलग्नतालाई पुर्नजागरण गर्नैपर्छ । सबैलाई चेतना भया ।