Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनी २ उपनिर्वाचन ः कांग्रेस एमालेले छाने उम्मेदवार

नुवाकोट पुकार २५ कार्तिक २०८१, आईतवार ०८:०४

काठमाडौँ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं २ मा हुने उपनिर्वाचनका लागि दुई सत्ताधारी दल नेपाली कांग्रेस र एमालेले आफ्ना उम्मेदवार चयन गरेका छन् ।

नेपाली कांग्रेसले उक्त वडाका पार्टी उपसभापति सुर्यबहादुर तामाड.लाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले सोही वडाका पार्टी सचिव यमबहादुर तामाड.लाई उम्मेदवार बनाएको छ ।

कांग्रेस ककनीका युवा नेता तथा वडा नं ३ का सभपाति श्रीहरि ढकालले दिनुभएको जानकारी अनुसार सुर्यतामाड.लाई उम्मेदवार बनाएसँगै कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । पार्टीमा सक्रिय रहेका तामाड.लाई कांग्रेसले सर्वसम्वत रुपमा उम्मेदवार बनाएको ढकालले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले पनि यमबहादुरलाई सर्वसम्वत रुपमा उम्मेदवार बनाएको जिल्ला अध्यक्ष बद्री मैनालीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

यसअघि माओवादीको पालिका समितिको बैठकले कृष्ण घिमिरे मिलनको नाम सर्वसम्मतरुपमा अनुमोदन गरिसकेको छ । उम्मेदवार चयनसँगै दलहरु निर्वाचनमा होमिका छन् ।

सत्ता गठबन्धनमा सहकार्य गरेपनि दुवै दलले आआफ्नो ढंगले निर्वाचन लड्ने तयारी गरेका छन् । कांग्रेस जिल्ला सभापति रमेश महतले भन्नुभयो, वडामा गठबन्धन गर्ने हाम्रो निती छैन मित्रवत रुपमा प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुले मंसिर २ गते उम्मेदवारको मनोनयन गर्नेछन् । यस अघि कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । नुवाकोट जिल्लामा सोही वडामा मात्रै निर्वाचन हुँदैछ । देशभर ४४ स्थानीय तहमा मंसिर १६ गते निर्वाचन हुँदैछ ।

Continue Reading

Previous: सत्ता नजिक होस् कि टाढा कानुन सबैका लागि बराबर ः महामन्त्री गगन थापा
Next: उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायलाई एमालेको निर्देशन

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार