Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायलाई एमालेको निर्देशन

नुवाकोट पुकार २५ कार्तिक २०८१, आईतवार ०८:३१

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायहरूलाई निर्देशन दिएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका उमेद्वारहरुको नाम अनुमोदन गरी सम्पूर्ण सामर्थ्यका साथ निर्वाचनमा परिचालित हुन पार्टी पङ्क्तिलाई निर्देशन दिएको एमालेले जनाएको छ ।

स्थानीय तहका विभिन्न ४४ स्थानमा आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सम्बन्धमा समेत छलफल भएको र राष्ट्रिय हितमा आधारित भएर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई सुझाव दिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

यस्तै बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गर्नुका साथै कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लव अधिकारीमाथि पार्टीको प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने गरी गरेको निर्णय अनुमोदन गर्दै उहाँमाथि लागेका सबै आरोपहरूको वस्तुनिष्ठ छानविन गर्न राज्यका सबै निकायहरूलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

Continue Reading

Previous: ककनी २ उपनिर्वाचन ः कांग्रेस एमालेले छाने उम्मेदवार
Next: आज देशभरको मौसम सफा रहने

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार