
Oplus_131072
विदुर । यहि मंसिर १६ गते हुन गैरहेको उपनिार्वचनका लागि ककनी गाउँपालिका वडा नं २ मा १० जनाले उम्मेदवार दिएका छन् ।
आइतबार भएको उम्मेदवार मनोनयन गर्ने क्रममा नेपाली कांग्रेसबाट सुर्य तामाड., नेकपा एमालेबाट यस बहादुर लामा, नेकपा माओवादी केन्द्रबाट कृष्ण घिमिरे(मिलन) राष्ट्यि प्रजातन्त्र पार्टीबाट खेमबहादुर थापा, एकिकृत समाजवादीबाट मानबहादुर लामा,मंगोल नेशलन अर्गनाइजेनबाट किरण तामाड.,रमेश पुडासैनी स्वतन्त्र,माईलीमाया तामाड., नेपाल मजदुर किसान पार्टी,अमृत लामा नागरिक उन्मुक्ति पार्टी,मंगलशिद्धि लामा तामाड. राष्ट्यि स्वतन्त्र पार्टी र सोनु तामाड.ले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
मंगलशिद्धि कांग्रेसका उपसभापति हुन । तर पार्टीले आफूलाई टिकट नदिएको भन्दै पार्टी छाडेर रास्वपाको उम्मेदवार बनेका छन् ।
उम्मेदवारको दावी विरोध र फिर्ता लिने समय रहेकाले केही उम्मेदवारहरुले अ ाफ्नो उम्मेदवारी फिर्ता लिने बताइएको छ । यस्तै नेकपा माओवादी र एकिकृचत समाजवादीबीच गठबन्धन गर्ने सहमति भए अनुसार दुवै दलको उम्मेदवारी परेको छ । उक्त वडामा एकिकृत समाजवादीले फिर्ता लिने बुझिएको छ । उम्मेदवारहरु उम्मेदवारी दर्तासँगै निर्वाचनको मैदानमा होमिएका छन् ।
यसैबीच नेपाली कांग्रेसले कांग्रेस परित्याग गरि राष्ट्यि स्वतन्त्र पार्टीको उम्मेदवार बनेका मंगलशिद्धि तामाङलाई भने कारबाही गरेको छ । पार्टीको उपसभापति तथा अनुशासन आयोगका संयोजक राजु थापाले कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छ । थापाले पार्टी हितविपरित कार्य गरेको भन्दै पार्टीको सदस्यताबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।
