Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रास्वपाका सभापति लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

नुवाकोट पुकार ९ मंसिर २०८१, आईतवार १६:५०

पोखरा  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुनः १५ दिनको म्याद थप गरिएको छ । 

कास्की जिल्ला अदालतले पुनः १५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । 

सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ पर्नुभएको सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल वेलवासीको इजलासले लामिछानेमाथि थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

पहिलो पटक ६ दिन म्याद दिएको अदालतले दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको म्याद दिएको थियो भने चौथो पटक १३ दिनको म्याथ थप गरेको थियो । 

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएसँगै लामिछाने हवाई मार्ग हुँदै रुपन्देहीमा समेत लगेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौँको गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको सभापति लामिछानेमाथि आरोप छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको भन्दै पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई समेत अदालतमा उपस्थित गराइएको थियो ।  

यसैबीच, रास्वपाले आइतबार पोखराको मानव अधिकार चोकमा धर्ना दिएको छ ।  आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर म्याद थप गर्दै हिरासतमा राखेको रास्वपाको आरोप छ । 

आइतबार पनि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको थियो । जिल्ला अदालत देखि शहिदचोक लगायतको क्षेत्रमा हाल निषेधाज्ञा जारी गरिएको छ । 

Continue Reading

Previous: आजको लागि विदेशी मुद्राको विनिमय दर
Next: कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार