
काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ )संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप््साद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यवसायिक पृष्ठभूमिका श्रेष्ठ कांग्रेसमा देउवा निकट मानिनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट पराजित हुनु भएको हो । उहाँले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ । कांग्रेसले १४औँ महाधिवेशन सकिएको ३ वर्षपछि कोषाध्यक्ष मनोनीत गरिएको छ ।
सभापति देउवाले पार्टीका विभागहरुलाई पनि पूर्णता दिन सक्नु भएको छैन । कांग्रेसका कोषाध्यक्षका लागि अन्य नेताहरुको नाम आएपनिश्रेष्ठले बाजी मार्नु भएको छ । कोषाध्यक्ष कांग्रेस पदाधिकारीभित्र पर्ने भएकोले पार्टीमा महत्वपूर्ण भूमिका निार्वह गर्ने अवसर प्राप्त हुन्छ ।