
काठमाडौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङ सभापति विष्णु राईसहितलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस अनुशासन समितिको बहुमतबाट खनाल र राईसहितका केही नेताहरुलाई पार्टीबाट निष्काशन गरिएका छन् ।
पार्टीबाट निश्काशित भएका खनाल ०७० सालको निर्वाचनका निर्वाचित संविधानसभा सदस्य हुन् । उनले ०७४ मा गठबन्धन हुँदा चुनाव हारेका थिए । ०७९ को निर्वाचनमा एमाले छोडेर कांग्रेसमा आएका उद्योगपति विनोद चौधरीलाई उमेदवार बनाएको थियो । उनै चौधरीलाई असहयोग गरेवापत खनाल कांग्रेसबाट निष्कासित भएका हुन् ।
उनी डा. शेखर कोइराला निकट मान्निछन् । केही दिनअघि केन्द्रीय समिति बैठकमा डा. शेखरले विनोद चौधरीको विरोध गरेका थिए भने चौधरीले पनि डा. शेखरले आफूलाई असहयोग गर्ने पार्टीका नेतालाई काखी च्यापेको आरोप लगाएका थिए ।
तेह्रथुमका महासमिति सदस्य तुल्सी सुब्बा, खस कोटामा पार्टीबाट कांग्रेसमा आएका कास्कीका कुमार खड्कालाई पनि पार्टीबाटै निष्कासनको कारबाही भएको छ । त्यस्तै, पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ता पनि पार्टीबाटै एक वर्षका लागि निष्कासित भएका छन् ।
