
गंगटे –लब्धु– समुन्द्रटार– गोल्फुभन्ज्याङ सडकको कालोपत्रे गर्ने कार्यक्रको शुभारम्भ कार्यक्रमा बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत। तस्बिर ः नुवाकोट पुकार
नुवाकोट । कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बीआरआईमार्फत अनुदानमा हुने सहयोग मात्र लिने बताउनु भएको छ । सोमबार नुवाकोट जिल्लाको दोस्रो लाफलाइनका रुपमा रहेको गंगटे –लब्धु– समुन्द्रटार– गोल्फुभन्ज्याङ सडकको कालोपत्रे गर्ने कार्यक्रको शुभारम्भ गर्दै उहाँले नेपालले अहिले यस्ता कुराहरुमा ऋण लिन नसक्ने भन्दै अनुदान भएमात्रै स्वीकार गर्न कांग्रेसले प्रधानमन्त्रीमा सुझाएको बताउनुभयो ।
डा. महतले भन्नुभयो, हामीले विश्वबैंकको सस्तो ऋण समेत सहि रुपमा उपभोग गर्न सकेका छैनै यस्ता ठूला ऋणहरु अहिले लिएरक ाम गर्न सक्ने अवस्था छैन त्यसैले हामी यो पक्षमा छैनौं । उहाँले यस विषयमा नेपाली कांग्रेस र एमालेको साझा धारणा बन्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा.महतले नेकपा माओवादीको पटक पटकको धोकाबाजीका कारण कांग्रेस एमालेबीच सात बूँदे सहमति भएको दावी गर्दै उहाँले वर्तमान गठबन्धन ०८४ सम्म कायम रहने उल्लेख गर्नुभयो ।