
समुन्द्रटार । नुवाकोट जिल्लाको दोस्रो लाफलाइनका रुपमा रहेको गंगटे –लब्धु– समुन्द्रटार– गोल्फुभन्ज्याङ सडकको कालोपत्रे गर्ने कार्यक्रको शुभारम्भ भएको छ ।
डिभिजन कार्यालय नुवाकोटको आयोजनामा सोमबार दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. महतले नेकपा माओवादीको पटक पटकको धोका बाजीका कारण कांग्रेस र र एमाले सात बूँदे सहमति भएको बताउनु भएको छ । उहाँले वर्तमान गठबन्धन ०८४ सम्म कायम रहने उल्लेख गर्नुभयो । सो कार्यक्रममा डा. महतले नुवाकोट जिल्लाकै महत्वपूर्ण सडक भएकाले आफूले यसको विकासका लागि लागेको बताउनु भयो ।

उहाँले आफू मन्त्री भएका बेला विनियोजन गरेको बजेटलाई नेकपा माओवादी नेतृत्वमा रहेको सरकारले नियतबस राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको स्मरण गराउँदै आफ्नो पटक पटकको दवावपछि वर्तमान भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले अघि बढाउन सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरयुक्त काम गर्न समेत आग्रह गर्नुभयो, डा. महतले भन्नुभयो, यो काम नमुनाको रुपमा हुनुपर्छ । पूर्व अर्थमन्त्री डा. महतले उक्त सडक निर्माण भएसँगै नुवाकोट जिल्लाको झण्डै आधा जनसंख्याले सहज रुपमा उपभोग गर्न पाउने भन्दै आफू पदमा रहेपनि नरहेपनि विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो ।
उहाँले गाउँ गाउँमा सडक सञ्चाल थपिएसँगै यहाँका कृषि तथा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगती हुने दावी गर्नुभयो । दुप्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष किशोर आचार्यको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले उक्त सडकको कालोपत्रे गर्ने कार्यमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले यो सडकका मुख्य लक्ष्यमा दुप्चेश्वर हुँदे गोसाईकुण्ड जोड्ने विकल्प समेत राखिएको बताउनुभयो । उहाँले जनताको सेवाका लागि पार्टी खोलिएको भन्दै नेताहले आफ्नो लागि होइन जनताको सोवमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेता महतले सबै खुला दिले विकासको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सडक निर्माणमा कतै र कसैले अवरोध गर्न नहुनेमा पनि जोड दिनुभएको थियो । डा. महतले काम गरेसगै ठेकेदारलाई भुक्तानी गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीले जनताको आवश्यता अनुसार सरकारले बजेट विनियोजन गरेको स्मरण गराउँदै विकास निर्माणमा राजनीति गरेको भन्दै माओवादीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको थियो । उहाँले नेकपा एमाले उक्त सडक निर्माणको पक्षमा सदैब रहेको स्मरण गराउँदै आफूले सडक कालोपत्रेका लागि बारम्बार प्रयास गर्दै आएको स्मरण गराउनु भएको थियो । उहाँले सडक निर्माणका लागि एमालेले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत,तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाड., लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ, नेकपा एमाले क्षेत्र न. १ को क प्रदेशका सभापति सुशील खड्का, नेपाली कांग्रेसकानेता तथा वडा अध्यक्ष धुर्व केसी लगायतका वक्ताहरुले सडक निर्माणमा सहयोगको प्रतिवद्धता जनाउनु भएको थियो ।
डा. महत अर्थमन्त्री भएका बेला उक्त सडका लागि बहुवर्षीय रुपमा कार्यसम्पन्न गर्नका लागि १ अर्ब २० करोडको बजेको स्रोत सुनिस्चित गर्नुभएको थियो । स्रोत सुनिश्चित भएसँगै भौतिक पूर्वाधार मन्त्रालयमार्फत डिभिजन सडक कार्यलयले टेण्डर सार्वजनिक गरेको थियो । तर डा. महत अर्थमन्त्रीबाट बाहिरिएसँगै त्यसलाई राजनीतिक रुपमा रोकिएपछिस्थानीय नागरिक असन्तुष्ट भएका थिए । तर डा. महतको सक्रियतामा पुनः उक्त आयोजनाको प्रक्रिया पूरा भएको छ रकालोपत्रे कार्यको थालनी हुने भएको छ ।
६ ८ करोडको ठेक्का प्रक्रियामा उक्त सडकको लोपत्रे तथा सडक स्तरोन्त्तरीको कार्य हुने डिभिजन सडक कार्यलय नुवाकोटका प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । उक्त सडक निर्माण सम्पन्न भएसँगै नुवाकोट जिल्लाको लिखु, तादी दुप्चेश्वर र सुर्यगढीका नागरिक बढि मात्रामा लाभान्वित हुनेछन् ।
कार्यक्रममा सडक शिलान्यासको सामाजिक सञ्जालमार्फत विरोध गरिएकोमा वक्ताहरुले कडा प्रतिक्रिया समेत जनाएका थिए । कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश्वरनरस्ंिह केसीले सामाजिक सञ्जालमार्फत पटक पटक सडक शिलान्यास गरिएको भन्दै विरोध गर्नुभएको थियो ।