
फाइल तस्बिर
जनकपुर । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग मात्र लिने बताउनु भएको छ । जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याउनु भएको छ ।
‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ ,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकारहरुको अर्को प्रश्नमा सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको बताउनुभयो । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ ,‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’हामी सबै ठाउँमा एकतावद्ध भएर अघि बढ्छौं , सभापति देउवाले भन्नुभयो .
प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण जाँदै हुनुहुन्छ । उहाँको भ्रमणको व्यवस्थापनका लागि परराष्ट् मन्त्री आरजु राणा देउवा सक्रिय हुनुहुन्छ । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर आइपुग्नु भएको हो ।