Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

निर्वाचन आयोगद्धारा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना

नुवाकोट पुकार १० मंसिर २०८१, सोमबार १४:०३

मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

निर्वाचन आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्धेश्यले निर्वाचन सुरक्षा (व्वस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको जनाएको छ ।

केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव रविलाल पन्थबाट गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै आयोगको उक्त केन्द्रको सदस्यहरुमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकदिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, आयोगका उपसचिव दुर्गा प्रसाद चालिसे र सदस्य सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहनुभएको आयोगले जनाएको छ ।

मंसिर १६ गते ४१ पदका लागि उपनिर्वाचन हुँदैछ ।
आसन्न उपनिर्वाचन(२०८१ को परिप्रेक्ष्यमा आचारसंहिताको पालना लगायतका कुनै पनि विषयहरुमा कुनै जानकारी वा गुनासो भएमा आयोगको कल सेन्टर ११०२ वा केन्द्रको फोन नम्बर ०१(५३२६३२६ मा सोझै सम्पर्क गर्न आयोग सबैमा हार्दिक अनुरोध गर्दछ।

Continue Reading

Previous: प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
Next: बीआरआईमा ऋण होइन, अनुदान लिने हो : सभापति देउवा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार