
काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आज विशेष दिन भएको बताउनुभयो । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको बताइएको छ