Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

नुवाकोट पुकार ११ मंसिर २०८१, मंगलवार १८:१५

काठमाडौँ, मङ्सिर ११ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ।

सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो।  

त्यसलगत्तै मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो।

मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ। 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासो सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो। ‘हामीले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौं’’, उहाँले भन्नुभयो, ‘‘त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ।’’

मन्त्रालयले केही दिनअघि औषधीको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै संघीय अस्पताल तथा मेडिकल कलेजलाई समेत पत्राचार गरेको थियो।

दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो। यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। 

Continue Reading

Previous: प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग
Next: “सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री ओली 

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार