Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

“सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री ओली 

नुवाकोट पुकार ११ मंसिर २०८१, मंगलवार १८:१८

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले “सुखी नेपाली समृद्ध नेपाल” सरकारको गन्तव्य रहेकाले त्यही अनुसार नागरिकको सामाजिक सुरक्षा योजना अघि सारिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको चरित्रअनुसार वर्तमान सरकार जनताप्रति जिम्मेवार रहेकाले संविधानभन्दा माथि रहेका प्रत्येक नागरिकको सामाजिक सुरक्षा प्रदान गरिने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएकालाई थप प्रभावकारी रुपमा सामाजिक कोषमा समेट्न सम्बन्धित मुलुकका सरकार र कम्पनीसँग पनि सम्झौता गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो । उहाँले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाउनुभयो ।

यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले विश्वका जुनसुकै ठाउँमा श्रम स्वीकृति लिएर रोजगारमा गएकालाई प्रभावकारी रुपमा सामाजिक सुरक्षा योजनामा मेट्ने गरी सरकारले काम गरिरहेको  जानकारी गराउनुभयो । 

समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घरेलु कामदार, इट्टाभट्टा तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई पनि यस योजनामा समेट्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमहरूलाई कानून संशोधन गरेर एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद  ढकालले  ८५ प्रतिशतभन्दा बढीलाई रोजगारी दिने निजी क्षेत्रलाई सामाजिक सुरक्षा योजनाले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

त्यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारको सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न विश्वका विभिन्न देशमा सचेतना कार्यक्रम सञ्चालनलगायतमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।  

२०७५ मङ्सिर ११ गते केपी शर्मा ओली नेतृत्वको सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेका करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् भने कोषमा रु ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।

Continue Reading

Previous: संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
Next: मतदाताका लागि सहजीकरण गरिदिन निर्वाचन आयोगको आग्रह

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार