
ककनी २ मा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुननरसिंह केसी, तस्बिर ः नुवाकोट पुकार
ककनी । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले ककनी उपनिर्वाचनले कांग्रेस एक भएको सन्देश दिएको बताउनु भएको छ । उहाँले सुर्य तामाड. भनेको अर्जुननरसिंह केसी सम्झेर मत दिन आग्रह गरेका छन् ।
नुवाकोट जिल्लाको क्षेत्र नं १ अन्र्तरगत ककनी गाउँपाकिला वडा नं २ को उपनिर्वाचन प्रचारका क्रममा आज आयोजित सभालाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले भन्नुभयो, म पनि यसै वडाको मतदाता हो,तपाईहरु सुर्यलाई मत हाल्नुस् म त्यसको सबै जिम्मेवारी लिन्छु ।
उहाँले ककनी वडा नं २ को निर्वाचन नुवाकोट कांग्रेसका लागि ऐतिहासिक हुने भन्दै सबै मिले कांग्रेसलाई कसैले हराउन सक्दैन भन्ने सन्देश दिने दावी गर्नुभयो । उहाँले भन्नुभयो, यो पटक हामी साच्चिकै एक भएका छौं र हामी जित्छौं साथीहरुको उपस्थितिलाई हेर्दा म निकै उतसहि भएको छु । उत्साहित भएको भन्दै एकता नै बल हो भन्ने सन्देश दिने पनि उल्लेख गर्नुभयो ।
पूर्व मन्त्री केसीले आफूले ककनीको विकासका लागि काम गर्दै आएको स्मरण गराउँदै उहाँको ककनीको डम्पिड. साईडको विषयमा होस् वा अन्य विकास निर्माणका विषयमा होस् आफूले जम्मा लिनेपनि उल्लेख गर्नुभयो । नेता केसीले लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस मात्रै भएकाले कांग्रेसले जितेमात्रै विकास सम्भव हुने दावी समेत गर्नुभयो ।
उहाँले पार्टीमा वाव विवाद र प्रतिवाद रहने भन्दै अरुसँग लड्नका लागि कांग्रेस एक नहुने हो भने त्यो कांग्रेस नै नहुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसी,कांग्रेस जिल्ला सचिव बैकुण्ठ मिश्र,कांग्रेस नेता कृष्ण लामा, हालै कांग्रेस प्रवेश गरेका धनबहादुर मिजार सहितका वक्ताहरुले सबै एक भए कांग्रेसलाई जिताउन लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार सुर्य तामाड.ले आफू जनताको पक्षमा काम गर्न प्रतिवद्ध भएर लागेको भन्दै मतदानका लागि अपिल गरेका थिए ।