काठमाडौं, वैशाख २८ — प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले देखाएको व्यवहारलाई लिएर राजनीतिक वृत्तमा तीव्र आलोचना भएको छ।
सामाजिक सञ्जालमार्फत वरिष्ठ पत्रकार विजय पाण्डेले सामाजिक सञ्जाजालमा सार्वजनिक गरिएको एक टिप्पणीमा प्रधानमन्त्री शाहको व्यवहारप्रति आपत्ति जनाउँदै संविधानका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई सचेत गराउनुपर्ने वा पद त्याग गरेर राष्ट्रपति पदको गरिमा जोगाउनुपर्ने माग गरिएको छ।
टिप्पणीमा सभामुख डीपी अर्याल माथि पनि प्रश्न उठाइएको छ। “यति सबै भइसकेपछि सभामुखले भोलिको बैठक केही नभएकोझैँ चलाउने कि यसबारे रुलिङ दिने?” भन्ने प्रश्न गर्दै संसदको भूमिकामाथि समेत असन्तुष्टि व्यक्त गरिएको छ।
त्यस्तै, नेपाली कांग्रेसका नेता गगन थापा र नेकपा एमालेप्रति पनि कटाक्ष गरिएको छ। टिप्पणीमा उनीहरू संसदमा मौन बसेको आरोप लगाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित टिप्पणीमा “रास्वपामा दुई जना मात्र स्वतन्त्र सांसद छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन्द्र शाह” भनिएको छ। साथै, “आजपछि त रास्वपामा एउटा मात्रै सांसद रहेको जस्तो अनुभूति भएको” उल्लेख गर्दै प्रधानमन्त्री शाहलाई अन्य दलका नेताहरूलाई “ऐना देखाएको” भन्दै व्यंग्यात्मक शैलीमा बधाई समेत दिइएको छ।
संसदको अवस्थाबारे टिप्पणी गर्दै “एउटा संसद भवन अस्ति जलेर सकियो, अर्को संसदको चीरहरण आज भयो” भन्ने अभिव्यक्ति प्रयोग गरिएको छ। यसले वर्तमान राजनीतिक अवस्था र संसदको गरिमामाथि गम्भीर प्रश्न उठेको संकेत गरेको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्