बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न एमाले अध्यक्ष ओली आज नुवाकोट आउँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १९, शुक्रबार ०९:०७

नुवाकोट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज नुवाकोटका बाढी प्रभावित क्षेत्रको निरीक्षण तथा प्रभावित नागरिकसँग भेटघाट गर्न नुवाकोट आउने भएका छन्।


नेकपा एमाले नुवाकोटका अनुसार अध्यक्ष ओलीले जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै विपद्बाट प्रभावित नागरिकसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिने कार्यक्रम रहेको छ।


ओलीको निरीक्षण तथा भेटघाट कार्यक्रम गंगटेबजार हुँदै देवीघाट र त्यसपछि ढुंगे क्षेत्रमा हुने जनाइएको छ। कार्यक्रम आज भदौ १९ गते दिउँसो १ बजेबाट सुरु हुने नेकपा एमाले नुवाकोटले जनाएको छ।


हालै आएको बाढी तथा पहिरोका कारण नुवाकोटका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको अवस्थामा एमाले अध्यक्ष ओलीको नुवाकोट भ्रमणलाई प्रभावित नागरिकको अवस्था बुझ्ने र राहत तथा पुनर्स्थापनाका विषयमा चासो राख्ने कार्यक्रमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *