
विदुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवार सिफारिसलाई तिब्रता दिएको छ । एमाले नुवाकोटका अनुसार क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ १ जना र समानुपातिकमा सात जनाको नाम सिफारिस गएिको छ । शुक्रबार भएको प्रदेश समन्वय कमिटीको बैठकले प्रत्यक्ष र समानुपातिकमा सर्वसम्मत सिफारिस गरेको जनाइएको छ । एमाले स्रोतका अनुसार प्रत्यक्षमा प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकको सूचीका लागि राजु लामा, केशर सेञ्चुरी, मुकुन्द आचार्य, दुर्गा पुडासैनी, विमला कार्की, सानुमाया तामाङ र कल्पना न्यौपानेको नाम सिफारिस गरेको छ । एमालेले अन्य प्रदेशको पनि नाम सिफारिसको तयारी गरेको अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । एमालेले संघीय निर्वाचनमा भने राप्रपासँग तालमेल गर्ने तयारी गरेको बुझिएको छ । सत्तारुढ कांग्रेसले भने दुई निर्वाचन क्षेत्र र चार प्रदेशमा उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।