सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, आईतवार ११:३९

कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।


आज सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक २ गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। गत कात्तिक २ गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *