
काठमाडौं । निर्वाचन आयोगले मतगणना परिणाम आयोगको वेबसाइबाट हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने व्यहोरा राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ आयोगका प्रवक्ता नीता पोखरेल अर्याल आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मंसिर १६ गते बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म मतदान हुने पनि आयोगले जनाएको छ ।