
फाइल तस्बिर
काठमाडौं । आफ्ना ३९ सदस्यीय प्रतिनीधि मण्डलकासाथ भोलिबाट चीन भ्रमणमा निस्कन लाग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ ।
पराराष्ट् मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन जान लाग्नु भएको छ ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् ।
प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको छ ।
यस्तो छ कार्यतालिका
सोमबार
बिहान ११ बजे काठमाडौंबाट उड्ने
बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने
मंगलबार
चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने
चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने
चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने
बुधबार
पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
नेपाल — चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने
बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने
बिहीबार
बेइजिङबाट नेपालका लागि उड्ने
करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने