
नुवाकोट । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसर पारेर अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
मंगलवार च्वाडी पब्लिक मावि, बौद्धिक अपाङ्गता स्रोत कक्षाको आयोजनमा भएको कार्यक्रममा स्रोत कक्षामा रहेका विद्यार्थीहरुलाई विदुर नगरपालिका वडा नम्बर ५ वडाअध्यक्ष लिलानाथ न्यौपानेको सक्रियतामा न्यानो कपडा वितरण गरिएको हो ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको प्रम्ख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्ग भएका एक दर्जन भन्दा बढि विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले स्रोत कक्षालाई आवस्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयले नियमित आम्दानी गर्ने बाटो खोज्नु पर्नेमा जोड दिँदै मेयर श्रेष्ठको नगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्ति वा आश्रित परिवारलाई शिपमुलक तालिम दिएर व्यवसायमा आवद्ध गराउन नगरपालिका र वडा कार्यालयले काम गरिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले समावेशी र सामाजिक कार्यमा नगरपालिका र वडा कार्यलयले काम गरिरहेको बताइन् । त्यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिनानाथ न्यौपानेले नगरपालिका र वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई स्रोत र साधनले भ्याएसम्म उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाअध्यापक तथा शिक्षाविद राम प्रसाद जोशी, मानव अधिकार मञ्च नुवाकोटका अध्यक्ष लोचन भट्टराई लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले विशेष रुपमा प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक गणेश वहादुर कुमालले स्रोत कक्षाको समस्या र स्थानिय तहसँगको समन्वयको विषयमा प्रकाश पानर््ुभएको थियो ।