
काठमाडौं । राजधानीको गोंगबुचोकमा रहेको बिनायक अस्पताल तथा प्रसुती गृह प्रा.लिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मंसिर २२ गते शनिबार तारकेश्वरस्थित अस्पता तथा गिनिज पब्लिक सेकेन्डरी स्कुलको संयुक्त आयोजानमा विद्यालय प्रांगणमा आयोजना गरिएको स्वास्थ्य शिवरिमा विनायक अस्पतालका विशेषज्ञ चिकित्सहरुले सेवा प्रदान गरेका थिए । स्वास्थ्य शिविरमा, मुटुरोग, दन्त रोग, जनरल फिजिसियन सेवा, स्त्री सम्बन्धि रोगहरुको सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी,अभिभावक एवं सर्वसाधारण गरेर तीनसय भन्दा बढिले सेवा लिएको अस्पतालका प्रवन्ध निर्देश्क केपी लामिछानेले जानकारी दिनुभयो । अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरु वरिष्ठ स्त्री रोग विशेषज्ञ उषा श्रेष्ठ(खाँड)डा. सुशिल बराल जनरल फिजिसियन,डा. दर्शन गुरुड. मुटुरोग विशेषज्ञ,डा. प्रभा ज्ञवाली, दन्त चिकित्सक. डा. ईशादुल हक मेडिकल अफिसर लगायतका चिकित्स टोलीहरु शिविरमा सहभागि भएको पनि अस्पतालले जनाएको छ ।

राजधानीको मुटुमा रहेको उक्त अस्पतालले गरिब तथा असहाय परिवारहरुलाई सहुलियतमा उपचार गर्दै आएको छ भने नुवाकोट,रसुवासहितका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेर सर्वसाधारणको मन जित्दै आएको छ । करिब एकसय सिट क्षमता भएको अस्पतालमा चौविसै घण्टा सिटीस्क्यान तथा इमरजेन्सी सेवा समेत रहेको अस्पतालले जनाएको छ ।