Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

महासंघको केन्द्रीय निर्वाचन उम्मेदवारको नामावली सार्वजनिक (नामाबलीसहित)

नुवाकोट पुकार २३ मंसिर २०८१, आईतवार १५:३४

काठमाडौँ, मङ्सिर २३ गते। नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। 

महासंघको केन्द्रीय समितिको मिति आगामी मङ्सिर २८ गते हुने निर्वाचनको लागि मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो। 

महासंघका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ।  देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। 

वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिनुभएको छ। 

उपाध्यक्षमा महिलातर्फ गङ्गा पौडेल (बराल) र नितु पण्डितले उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिनुभएको छ।  

महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ। त्यस्तै,  सचिवमा खुलातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार दिनुभएको छ। 

सचिवमा महिलातर्फ सरिता बराइली र सोनी शर्मा, सचिव आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सबिन प्रियासन, सचिव मधेशीतर्फ अशोककुमार तिवारी, प्रवीणकुमार चौधरी र श्रीजन झा, सचिव दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली र सचिव एसोसिएटतर्फ योगेश खपांगी, विकास कार्की, वैकुण्ठराज पराजुलीले उम्मेदवारी दिनुभएको छ।  महासङ्घको कोषाध्यक्षमा रामकृष्ण अधिकारी र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ।

Continue Reading

Previous: सिटिजन्स् बैंकलाई ,बैंक अफ द ईयर, २०२४ प्रदान
Next: रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार