
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं नगरपालिका पूर्व नगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दे विभिन्न निर्णय समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार२०८१ पौष १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरिएको छ ।
यस्तै पौष २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ । स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने द्द स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्व मन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगर प्रमुख ८८ वर्षीय प्रेमलाल ९पीएल० सिंहको काठमाडौंको चाक्सीबारीमा गए राति १ः०० बजे भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरेको छ । स्वर्गीय सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर कार्य गर्नु भएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा संलग्न रहँदा उहाँले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गर्नु भएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय सिंहकै पहलमा वि.सं. २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यसैगरी वि.सं. २०५६ मा उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनु भएको थियो ।