
दुप्चेश्वर मेलामा संकलन भएको भेटी प्रहरी कार्यालय समुन्द्रटारको प्रांणमा गणना गर्दै दुप्चेश्वर क्षेत्र विकास कोषका पदाधिकारी तथा अन्य स्थानीयहरु ः तस्बिर दुप्चेश्वर विकास कोष
दुप्चेश्वर । नुवाकोट जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मन्दिर दुप्चेश्वर महादेव मन्दिरमा भएको धान्य पूर्णिमा मेलाबाट जम्मा भएको भेटीको गणना सम्पन्न भएको छ। भेटीबाट कुल आम्दानी रु। ८,६४,२१२ (आठ लाख चौसट्ठी हजार दुई सय बाह्र रुपैयाँ) भएको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक शंकरबहादुर थापाका अनुसार भेटी गणनाको कार्य समुन्द्रटार प्रहरी कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको हो। भेटीको हिसाब किताबलाई पारदर्शी बनाउन सरोकारवालाहरूको उपस्थितिमा यो प्रक्रिया सम्पन्न गरिएको जानकारी दिइएको छ।
मेलाको सम्पूर्ण खर्चको विवरण भने केही दिनभित्र सार्वजनिक गरिने जानकारी पनि कोषले दिएको छ। यससँगै दुप्चेश्वर जात्रा र धान्य पूर्णिमा मेलाको औपचारिक समापन भएको छ।यस वर्षको मेला सफल र भक्तजनहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको कोषले जनाएको छ।
हरेक वर्ष धान्य पूर्णिमाका अवसरमा दुप्चेश्वरमा मेला लाग्ने गर्दछ । मेलामा २० हजार भन्दा बढि भक्तजनहरुदे दर्शन गरेको बताइएको छ । यस्तै मेलामा मिभिन्न प्रकारका मनोरञ्जनकासाथै स्थानिय रुपमा उत्पादित वस्तुहरुको बीक्रि तथा प्रवर्धन समेत भएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ ।