Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ : प्रधानमन्त्री

नुवाकोट पुकार २ पुष २०८१, मंगलवार १८:१५

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

“नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटोमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताउनुभयो ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धिका साथै थुप्रै ठुला उद्योगहरू सञ्चालनमा आएका बताउनुभयो ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताउनुभयो । उहाँले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं। २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाउनुभयो । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाइल एप्सको शुभारम्भ गर्नुभयो ।साभार ः रेडियो नेपाल अनल

Continue Reading

Previous: रास्वपा सभापति लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
Next: सहकारी ठगी : लेखा समिति सभापतिकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार