
काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो । विभागका निरीक्षण अधिकृत डा। अवधेश झाका अनुसार काठमाडौं महानगरको कल सेन्टरमा ुबासी, सडेगलेका र किरा लागेका खाना बेच्यो भनी गुनासो आएको थियो ।
उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो । त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो । महानगरपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ुजरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला ।