
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूलाई ज्यादती गरेको भन्दै कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ ।
समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएका छन् । पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।
काठमाडौं महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे । अदाललते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए । पछिल्लो समय मेयर बालेन शाहले कवाड व्यवसायीहरुलाई राजधानीबाट हटाउने प्रयास गरेका थिए । मेयर शाहले पटकपट आग्रह गर्दा पनि आफूसँग भेटगर्न नचाहेको व्यवसायीहरुको आरोप समेत छ ।