
काठमाडौँ, पुस १० गते। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ। बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।
नेकपा (एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ।