Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सकियो लामिछानेको बयान, थुनछेक बहस हुन अझै समय लाग्ने

नुवाकोट पुकार १२ पुष २०८१, शुक्रबार १७:५०

काठमाडौं । सहकारी डगीका प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । हिजो (बिहीबार)बाट सुरु भएको उनको बयान आज (शुक्रबार) सकिएको हो । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । दुईदिनमा लामछिानेसँग झण्डै २० घण्टा भन्दा बढि बयान लिइएको बताइएको छ ।

लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ ।लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

Continue Reading

Previous: कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप
Next: अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि पुस १७ गते निर्वाचन हुने

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार