Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बबिना भट्टराईको स्वर तथा संगीतमा प्रेमिल गीत ‘घामको झुल्को’ सार्वजानिक

नुवाकोट पुकार १४ पुष २०८१, आईतवार १७:१३

काठमाडौं : जीवन जिउने आधार प्रेम हो, प्रेम नै जीवन हो, जीवन र प्रेम विच अन्योन्याश्रित सम्वन्ध छ, जहाँ प्रेम छ त्यहाँ जीवन छ, प्रेम विनाको जीवन पलाँसको फूल जस्तै हो ।

 प्रेम भए जीवन त्यसै सहज हुन्छ, त्यसै आनन्दित र उमंगमय बनिदिन्छ । प्रेममा धेरै ठुलो अपेक्षा पनि हुदैन, केवल उनको निःस्वार्थ साथ भए सबै कुरा प्राप्ति भएको अनुभूति प्रेममा संगाल्न सकिन्छ, जीवनभरको लागि उनको साथ भइदिए जीवन त्यसै फुल्छ, फक्रन्छ अनि सुवासित बनिदिन्छ । उनको हातको शिरानीमा निदाउन पाए ढुंगाको विछ्यौनामा पनि स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।

स्वच्छ प्रेम आँखाको हेराईमा होइन मनको रोजाइमा हुने गर्छ, मनले रोजे पछि रोज्यो, रोज्यो । त्यहाँ न धन सम्पत्ति हेरिन्छ, न त रुपरुङ्ग नै, मनको गहिराईबाट पलाएको प्रेममा यी सबै कुरा गौण रहन्छन् मात्र आत्मिक सम्वन्ध विशेष हुन्छ, मन भित्रै मायाको फराकिलो  संसार हुन्छ, मनको दुष्टि उघारेर हेर्दा उनलाई मन भित्रै देख्न पाए सारा संसार त्यहि भित्र भेटिन्छ, सारा खुसी र उमंग त्यहि प्राप्त हुन्छ ।

जव कोहि प्रति मनले यस्तो प्रेमिल भावहरु संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा उनी भएको महशुष हुन्छ अनि मुटुको कुनाकन्दरा सबै तिर उनको मायाले घेरेर मुटुका हर कुना कुनामा उनको नाम लेख्ने चाह मनले संगाल्ने गर्दछ, मुटु भरि उनको नाम लेखिसके पछि उनको खाली सिउँदोमा सिन्दुरले रंग्याएर जीवन भरिलाई उनलाई आफ्‌नो बनाउने प्रेमिल भाव मनले संगाल्छ उनी भइदिए जीवनमा अरु केहि अपेक्षा रहन्न, मात्र उनी भए जीवन पूर्ण हुन्छ ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको  गीत ‘घामको झुल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीत एवं किरण उप्रेतीको शब्दमा सार्वजनिक भएको छ । उक्त गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् ।  गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई लाई फरक भेषभूषा एवं गीतको भाव सुहाउँदो अभिनयमा देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । गीतको भिडियोमा बबिना संगै अञ्जना दुलाल, सानुमाया तामाङ, विन्दु तामाङ र सम्झना तामाङ लाई नृत्यमा देख्न सकिन्छ,  कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

चर्चित गायिका शर्मिला बर्देवाले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल संग ‘घामको झुल्को’ को विशेष चर्चामा गायिका तथा संगीतकार बबिना भट्टराई नेपाली संगीतको क्षेत्रमा एक क्षमतावान र मेहनती संगीतकर्मी भएको बताउँदै ‘घामको झुल्को’ बोलको प्रेमिल गीतमा उनको स्वर तथा संगीत बेजोड मिश्रणले गीतकार किरण उप्रेतीका प्रेमिल शब्दलहरलाई जीवन्त बनाएको बताएकी छिन्, बबिनाको संगीत यात्रालाई नियाल्दै उनले भनिन् ‘बबिना भट्टराई साधनामा तल्लिन, मेहनती, आफ्‌नो काममा अत्यन्त लगनशिल र भावमा डुवेर गाउन सक्न खुवी भएकी  गायिका र संगीतकारका साथसाथै उनी बहुमुखी प्रतिभा कि धनी हुन् । उनको सांगितिक भविष्य उज्ज्वल रहेको छ, उनको संगीत यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।’

कवि, गीतकार तथा गजलकार उत्तम विचार ले हेमन्तको चिसोमा न्यानो ‘घामको झुल्को’ देख्न पाउनु नै अहोभाग्य भएको विम्वात्मक प्रतिक्रिया दिएका छन् । उनी लेख्छन् ‘सुन्दर गीत, सुमधुर संगीत, कालजयी स्वर लहरी, बेजोड अभिनय । मायामा समर्पित फूलको कोमल थुँङ्गाका लागि हार्दिक बधाई अनि शुभकामना सिङ्गो टिमलाई ।’

 केहि समय अघि बबिना भट्टराईको स्वर तथा संगीतमा आफ्‌नै शब्दको यस्तै प्रेमिल भावको गीत ‘सपनीमा’ सार्वजनिक गरेका कवि एवं साहित्यकार रामबाबु दाहालले कर्णप्रिय स्वरलहरीमा भाव गाम्भीर्यता रहेको गीत ‘घामको झुल्को’को अपार सफलताको मंगल कामना गरेका छन् ।
गायिका तथा संगीतकार बबिना भट्टराईले ‘घामको झुल्को’ निकै नै प्रेमिल गीत भएको, यो गीतले सबै प्रेमिल मनहरुलाई समेट्ने विश्वास लिएको बताउँदै गीतलाई सबै प्रेमिल मनहरुले मन पराइ दिने अपेक्षा राखेकी छिन्, उनले गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्‌नो अमुल्य सल्लाह,सुझाव दिन पनि आफ्‌ना दर्शक तथा श्रोताहरुलाई अनुरोध गरेकी छिन् भने यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गरेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत
घामको झुल्को शितमा पर्दा, टल्किन्छ पातमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा
शैयाको सुख चाहिदैन मलाई सपना देख्नलाई
सिरानी बनाई निदाउन पाउ त्यो तिम्रो हातमा ।

घाम  र छाँया, सुख र  दुःख जिन्दगी भोगाई हो
तिमी त मेरो आँखाको हैन, मनको रोजाई हो
धन र पैसा हेरिन्न रुप मायाको जातमा ।
चाहिदैन केहि जीवनभर तिमी, भईदिए साथमा ।

मनको दृष्टि उघारी हेर्दा तिमीलाई देख्न पाउ
यो मुटुभरि मायाले घेरी, तिम्रै नाम लेख्न पाउ
शीरको शोभा सिन्दुरको धर्को लगाई देउ माथमा
चाहिदैन केहि जीवनभर तिमी भईदिए साथमा ।

Continue Reading

Previous: गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक
Next: अस्मिता र सुमनले ल्याए  “सौभाग्य मेरो जीवनको”  

सम्बन्धित समाचार

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

२१ असार २०८२, शनिबार १८:४२
क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

७ असार २०८२, शनिबार १३:२०
मायाले हेरिदेउ भन्दै आइन् बबिना
1 min read

मायाले हेरिदेउ भन्दै आइन् बबिना

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार