Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेशका सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गरिँदै

नुवाकोट पुकार २० पुष २०८१, शनिबार ११:२०

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेश बिन्दु हेटौँडा–१५, रातोमाटे र सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्ने भएको हो ।

चेकपोष्ट निर्माण गर्ने सन्दर्भमा शुक्रबार प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौँडा–१५, स्थित रातोमाटेमा स्थलगत अनुगमन तथा छलफल समेत गर्नुभएको छ । सो क्रममा उहाँले आन्तरिक सुरक्षा बलियो बनाउने उद्देश्यका साथ प्रदेश सरकारले चेकपोस्ट निर्माण गर्न लागेको भन्दै स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माण गरिने बताउनुभयो ।

प्रदेश सरकारले चेकजाँच बढाउने, शान्ति सुरक्षा तथा राजस्व चुहावट समेत रोक्ने उद्देश्यका साथ प्रदेशका ७ वटै सिमानाकामा चेकपोष्ट निर्माण गर्ने तयारी गरेको प्रदेशको आन्तरिक मामिला तथा कानूनसचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा हेटौँडा र सिन्धुलीमा, दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गर्न लागिएको हो ।

चेकपोस्टमा सवारी साधनको जाँचका लागि स्क्यानरसहितको अत्याधुनिक मेसिन, सिसी क्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने सरकारको योजना रहेको छ । चेकपोस्ट निर्माणका लागि जग्गा प्राप्ति, आईई, डिपिआरसहित काम सम्पन्न गर्न करिब दुई वर्ष लाग्ने समेत सचिव दर्जीले बताउनुभयो ।

Continue Reading

Previous: पत्रकार रावललाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मान गरिने
Next: रास्वपाको केन्द्रीय समिति बैठक सुरू

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार