Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकार रावललाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मान गरिने

नुवाकोट पुकार १९ पुष २०८१, शुक्रबार १८:२८

१९ पुस, नुवाकोट । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ नुवाकोट जिल्लामा क्रियाशिल पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ।

लामो समयदेखि नुवाकोट जिल्लाबाट पत्रकारिता गर्दै आउनु भएका वा रावल नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य समेत हुनुहुन्छ । हाल नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक रावललाई पुरस्कृत गर्ने निर्णय गरेको समाजका महासचिव श्यामकाजी डोटेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

रेडियो नेपालबाट २०५७ सालबाट पत्रकारिता सुरू गर्नुभएका पत्रकार रावलले राष्ट्रिय सञ्चारमाध्यमहरु राजधानी दैनिक, नयाँ पत्रिका, ईमेज च्यानल र सगरमाथा टेलिभिजनमा जिल्ला सम्वाददाताको रुप कार्य गरेका थिए ।

यसैगरी, जिल्लाकै पहिलो रङ्गीन पत्रिका त्रिशूली खबर साप्ताहिकको संस्थापक सम्पादक तथा प्रकाशक समेत रहेर काम गरिसक्नु भएको छ । रावलले पत्रकारितासँगै नुवाकोट जिल्लामा रहेर नयाँ ढंगको होटल व्यवसाय समेत सञ्चालन गर्दै आउनु भएको छ । शुखद पाहुना घरका नामले परिचित रहेको उक्त होटल जिल्लामा उत्कृष्ट रहेको छ ।

यस्तै, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिबी विष्टलाई पनि यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिने जनाएको छ । पत्रकार विष्ट बझाङबाट राजधानी दैनिकको जिल्ला सम्वाददाताको रुपमा कार्य गर्दै आईरहेका छन् ।पर्वतबाट प्रसारण हुने महिलाहरुद्वारा सञ्चालित सामुदायिक रेडियो ९५।२ मेगाहर्जलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिने संस्थाले निर्णय गरेको छ ।

संस्थागत र व्यक्तिगतरुपमा प्रदान गरिने पुरस्कार राशी क्रमशस् २५ हजार एक र १५ हजार एक रुपैँया रहेको छ।संस्थाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मान २०८१ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।संस्थाको संस्थापक स्व. गोविन्द वियोगीका धर्मपत्नी कृष्णवदन वैद्यलाई सम्मान गरिने जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरस्थित संस्थाले आफ्नै भवनमा यहि माघ ५ गते शनिवारका दिन पुरस्कार र सम्मान हस्तान्तरण गरिने महासचिव डोटेलले जानकारी दिए । सम्पादक समाजमा प्रवुद्ध पत्रकारहरुको जमात रहेको छ ।

Continue Reading

Previous: कांग्रेसले चैत्र मसान्तभित्र सदस्यता नविकरणको काम सक्ने
Next: बागमती प्रदेशका सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गरिँदै

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार