
काठमाडौं। प्रमुस सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको क्रियाशिल सदस्यको नविकरण आगमी चैत्र मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन समितिको शुक्रबार (आज) बसेको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समितिका सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिनुभयो ।
बैठकले क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय पनि गरेको छ । डोल्पामा नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको स्नेहीले जानकारी गराउनुभयो ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य रहनु भएको छ ।कांग्रेसको १५औं महाधिवेशन मंसिरभित्र सक्नुपर्ने हुन्छ । तर सभापतिले चाहे पुन ः एक वर्ष थप गरेर पनि जान सक्ने व्यवस्था रहेको छ । महाधिवेशनको समय आउन अझै दुई वर्ष रहँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिका लागि भने नेताहरुले दौड सुरु गरिसकेका छन् ।