
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो । यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो ।
यसमा नेपालले १९।७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ ।नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।