.काठमाडौं । नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् ।
एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी पृष्ठभूमिका उनीहरु एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनीहरु एमालेमै थिए ।
तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरु एमालेबाट बाहिरिएका हुन् ।
एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।
एमालेले भीम रावललाई केही दिनअघि कारबाही गरेर पार्टीबाट समेत हटाएको थियो । रावललाई हटाएपछि उनी निकटका धेरै नेता कार्यकर्ता पाटीृबाट असन्तुष्ट रहँदै आएका छन् । सोही ऋंखला अनुसार अझ धेरैले पार्टी छाड्ने अनुमान गरिएको छ ।